नेपालसंग मलेसिया १९ रनले पराजित, वसन्त रेग्मीले लिए ३ विकेट


काठमाडौं –नेपालले मलेसियालाई १९ रनले हराएको छ । यससंगै एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । नेपाल यसअघि ओमान र युएईसंग पराजित भएको थियो । ओभर घटाएर भएको ३० ओभरको खेलमा मलेसियाले ९ विकेट गुमाएर १६९ रन बनाएको थियो । नेपालले १८९ रनको लक्ष्य दिएको थियो ।

मलेसियाका लागि अजिज मुबारक र अन्वार अरुदिनले समान ३४(३४ रन बनाए । त्यसैगरी अहमेद फैजले २२, भिरनदिप सिंहले २१ र शाफिक शारिफले ९ रन बनाएका थिए ।

नेपालका लागि बसन्त रेग्मीले सानदार बलिङ गरे । उनले तीन विकेट लिएका थिए । त्यसैगरी सन्दीप लामिछाने र सोमपाल कामीले समान २(२ विकेट लिए ।
यसअघि नेपालका आरिफ शेख र दिपेन्द्र सिं ऐरीको उत्कृष्ट ब्याटिङ गरेका थिए । उनिहरु दुवै जनाले अर्धशतक बनाउन सफल भए । शेखले ४८ बलमा ६४ रनको उत्कृष्ट पारी खेले भने ऐरीले ५१ बलमा ५४ रन बनाए । खेलमा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement