नेपालगञ्ज कपः लुुम्बिनी र रोल्पा विजयी


नेपालगञ्ज–आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको तेस्रो दिन बुधवार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले दोस्रो जित हासिल गरेको छ।

बुधबार भएको पहिलो खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले एनआईसी एसिया दंगाली गोर्खाजमाथि ३ विकेटको जित हासिल गरेको हो।

एबरोल टीएमटी लुम्बिनी यात्रीजले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गर्ने निम्तो पाएको एनआईसी एसिया दंगाली गोर्खाजको राम्रो सुरुवात रहेन।

निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ७ रन बनाएको थियो। दंगाली गोर्खाजका कप्तान अमरसिंह रौटेलाले सर्वाधिक २६ रन र उपकप्तान विनायक गिरिले २४ रन बनाए। लुम्बिनी यात्रीजका लागि सुनिल सुनार र निजामुद्दिन अन्सारीले समान २ विकेट लिए।

१ सय ८ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टीएमटी लुम्बिनी यात्रीजको पनि सुरवाती क्रमका ब्याट्सम्यान चल्न नसके पनि छैठौ नम्बरमा आएका बासिर अहमदले ३० बल खेल्दै ३५ रन जोडे। कप्तान कृष्ण कार्कीले २२ रन जोडे।

एनआईसी एसिया दंगाली गोर्खाजका लागि अमरसिंह रौटेला, सुनिल सुनार र शाहिद अन्सारीको नाममा २–२ विकेट रह्यो।

१८.५ ओभरमा ७ विकेट गुमाउदै एबरोल लुम्बिनी यात्रीज आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको अंक तालिकामा २ जितसँगै माथि उक्लेको छ । एबरोल लुम्बिनी यात्रीजका बासिर अहमद म्यान अफ द म्याच घोषित भए।

त्यस्तै, बुधबार नै भएको दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले २१ रनले जित हासिल गरेको छ।

टस जितेर पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले पहिले ब्याटींग रोजेको थियो । रोल्पाका लागि ओपनर शेर ओलीे र कप्तान सौरभ खनालले राम्रो सुरुवात गरे । कप्तान सौरभ खनालले २० रन र शेर ओलीले २४ रन बनाए।

त्यस्तै रोल्पाका उप कप्तान सम्मसुद्दिन अन्सारीले खेलको पारी सम्हाल्दै ३२ बलमा ३२ रन बनाएका थिए भने चौथो नम्बरमा आएका भिम सार्कीले पनि २२ बल खेल्दै २९ रन बनाएका थिए।

अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसका लागि आकाश विष्टले २ विकेट लिए भने नासिर अन्सारी र हसन खानको नाममा १–१ विकेट रह्यो। २० ओभर खेल्दै ६ विकेटको क्षतिमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले १ सय २४ रन बनाएको थियो ।

प्रतियाेगितामा १ सय २५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसका लागि सुखद सुरुवात रहे पनि कप्तान सुवेन्दु पाण्डेको २१ रन र राजवीर सिंहको २८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। खेलमा जित दिलाउन पप्पु कन्सट्रक्सनका विनोद लामा र मेराज अन्सारीको नाममा २ विकेट रहयो ।

म्यान अफ द म्याच पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका २९ रन, एक क्याच लिन सफल भिम सार्की घोषिच भए।

बिहीबार आर्शिवाद पेन्ट्स पाल्पा योद्याज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गस तथा दोस्रो खेल जिसान बांके ब्लास्टर र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजबीच हुने प्रतियोगिताका डाईरेक्टर सौगात विक्रम शाहले बताए ।

प्रतियोगिताको विजेताले १ लाख १० हजार तथा उपविजेताले ६० हजार पाउने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement