एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई


काठमाण्डु- एएफसी यू-२० महिला एसियन कप-२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गररिएको हो ।

नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । यो समुह ‘बि’को टिम हो ।

नेपाली टिमको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ भने मार्च १२ अन्तिममा यूएईविरुद्ध खेल्नेछ ।

यो समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा उक्लिने अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement