‘सफा हिमाल अभियान २०२१’ सम्बन्धी एक दिने गोष्ठी सम्पन्‍न


काठमाण्डु – ‘सफा हिमाल अभियान २०२१’ सम्बन्धी एक दिने गोष्ठी सम्पन्‍न भएको छ ।

सोामबार सरकारको राष्ट्रिय अभियान तथा ‘श्री प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन–२०७५’ मा उल्लेख भए बमोजिम ‘सफा हिमाल अभियान’ कार्यक्रमको निरन्तरता स्वरुप प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सगरमाथा सहित अन्य पाँच हिमालहरु (लोहत्से, मकालु, धवलागिरी, पुमरी र आमादब्लम) को सफाई गर्ने उद्धेश्यका साथ ‘सफा हिमाल अभियान २०२१’ संचालन गर्ने तयारी अनुरुप हिमाल सफाई कार्यक्रमसंग सरोकार राख्ने सरकारी निकाय तथा अन्य संघरसंस्थाहरु बिच समन्वय, सहकार्य तथा एकिकृत कार्य योजना निर्माणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको आयोजनामा एक दिने समन्वयात्मक गोष्ठी संचालन भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकको संयजकत्वमा भएको उक्त कार्यक्रममा अभियान संचालन सम्बद्ध विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय/संघ–संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुबाट आ–आफ्नो संस्थाको विशेषता अनुरुप रायसुझाव तथा अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

राष्ट्रिय अभियानको रुपमा सम्बद्ध सबै निकाय तथा संघ संस्थाहरुलाई समेटेर सबैको संयुक्त प्रयास तथा पहलताबाट नेपालको गहनाका रुपमा रहेका मुख्य हिमालहरुको सफाई गर्ने जस्तो पवित्र कार्यलाई सफलतापूर्वक संचालन गरी कोभिड–१९ महामारीको कारण शिथिल भएको नेपालको पर्वतारोहण तथा समग्र पर्यटन व्यवसायलाई उकास्न सफल हुने नेपाली सेनाले विश्‍वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement