नेपालीकाे प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर

नेपालीकाे प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा चालु आवको आठ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन लगायतका विषयमा जानकारी गराउँदै यो वर्ष आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशत खुम्चीने बताएका हुन्।

कोरोना भाइरसको असरले मुलुकको अर्थतन्त्र प्रभावमा परेको भन्दै उनले चालु आवमा लक्ष्य अनुसारको आर्थिक वृद्धि हुननसक्ने उनले जानकारी दिए। सरकारले चालु आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशतको लक्ष्य लिएको थियो भने केन्द्रिय तथ्यांक विभागले २ दशमलव २७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

त्यसैगरी, चालु आवमा कोरोनाका कारण विगत तीन वर्षदेखीको उच्च वृद्धिदर खुम्चीने तथा लगानी पनी तीन प्रतिशतले खुम्चीने उनले बताए। सोही अवसरमा उनले फागुन महिनासम्म मुलुकको कूल जनसंख्याको करिब २२ प्रतिशतमा बीमा पहुँच पुगेको जनाएका छन्। अर्थमन्त्री खतिवडाले चालु आवमा प्रति व्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर हुने जनाएका छन्।ये समाचार आजको नागरिक दैनिकमा छ ।