मुस्ताङकाे कठ्यांग्रिने जाडोमा नेपाली र अमेरिकी सेनाबीच तालिम (फोटो फिचरसहित)


काठमाडौं–तीन दिनको वर्षाका कारण हिमाली क्षेत्रमा हिमपात परेका बेला नेपाली सेना र अमेरिकी सेनाबीच तालिम भइरहेको छ। त्यो पनि मुस्ताङमा, जहाँ माइनस ५ डिग्री सेल्सियस तापक्रम छ।

सेनाको हिमाली युद्ध विद्यालय मुस्ताङमा भइरहेको तालिममा ४८ जनाको विशेष कमाण्डो टोली छ। तालिम तीन हप्तासम्म चल्नेछ।

अधिकारीहरुका अनुसार नेपाली सेनाको विशेष फौज महावीर रेञ्जर रेजिमेन्ट, हिमाली युद्धकला विद्यालय र संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका सैन्य अधिकारी तालिममा सहभागी छन्। उच्च हिमाली क्षेत्रमा युद्धकला, आपतकालीन उद्दार र हिमपहिरोको जोखिम र विपत् व्यवस्थापन तालिम भइरहेको नेपाली सेनाले जनाएको छ।

तालिम फागुनको पहिलो साता सकिनेछ। काठमाडौंस्थित अमेरिकी दूतावासले ट्विटरमा उल्लेख गरेअनुसार तालिमले हिमपहिरो सुरक्षा, हिमनदीसम्बन्धी तालिम, आपतकालीन उद्दार तथा निसानाको सीप सिकाउने छ। यसैगरी, अमेरिका र नेपालबीच सैन्य सम्बन्ध, आपसी सौहार्दता अझ बढाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement