जङ्गी अड्डा भवनमा ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को उद्‍घाटन


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को उद्‍घाटन गरेका छन् ।

उनले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको उक्त केन्द्रको उद्‍घाटन गरेका हुन् ।

यस केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल्ली मोनिटरिङ तथा सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा ब्यवस्थालाई थप सुदृढ तथा ब्यबस्थित गरीएको छ भने बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement