बारामा नेपाली सेनाद्वारा राहत बितरण


काठमाण्डु – नेपाली सेनाले बारामा राहत वितरण गरेको छ ।

नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री चन्दननाथ गणको सहकार्यमा २८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काले जीतपुर–सिमरा उपमहानगरपालिका १८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदाय तथा श्री बालबालिका प्राथमिक विद्यालयका बिद्यार्थीहरुलाई सम्भावित शितलहरबाट जोगाउन १५० कम्वल हस्तान्तरण गरेका छन् ।

उक्त राहत बितरण कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement