सेनाको ‘अपरेशन महाहण्ट–७’: हतियारसहित ३ जना शिकारी पक्राउ


काठमाण्डु – नेपाली सेनाले तीन जनालाई हतियारसहित पक्राउ गरेको छ ।

बांके राष्ट्रिय निकुञ्‍जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियार सहित निकुञ्‍ज ईलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट दुई नाल भरुवा बन्दुक सहित आवश्यक कारवाहीको लागि बांके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यानको कालिमाटी–३ का २० वर्षका बीर बहादुर पुन मगर, सोही ठाउँस्थित २ मा बस्ने ३८ वर्षका रमेश घर्ति र २६ वर्षका खेम बहादुर थापा रहेका छन् ।

‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement