नेपाली सेनालाई अमेरिकी सेनाले दियो १ मिलियन डलरको सामाग्री


काठमाण्डु – अमेरिकाले नेपाली सेनालाई १ मिलियन अमेरिकी डलरको सामाग्री सहयोग गरेको छ । अमेरिकी सेनाले चार वटा रेस्क्यू बोटसहित एक मिलियन बराबरको सामाग्री सहयोग गरेको हो ।

अमेरिकी सेनाले बाढी पहिरो या प्राकृतिक विपत्तीमा सघाउनका लागि नेपाली सेनालाई उक्त रकम बराबरको सामाग्री सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकाले नेपालका सुरक्षा निकायहरूले खेल्ने महत्वपूर्ण भूमिकाको बारेमा कदर गर्दै नेपालको मानवीय सहयोग तथा विपद् प्रतिकार्य गर्ने क्षमता विकासमा सघाउन सदैव प्रतिवद्ध रहेको बताएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अमेरिकी दूतावासका अफिस अफ डिफेन्स कर्पोरेशन प्रमुख मेजर माइकल पी ह्वाइटले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement