नेपाली सैनिक प्रतिष्ठान खरिपाटीले माग्याे एक जना डीन (सूचनासहित)


काठमाण्डु – नेपाली सेनाले एक जना डीनकाे माग गरेकाे  छ । मंगलबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरले सूचना जारी गर्दै एक जना डीनको माग गरेको हो ।

प्रतिष्ठानमा अध्ययनका लागि शैक्षिक अध्यापन महाशाखाको मानविकी तथा समाजशास्त्र संकायका लागि डिन माग गरिएको हो । इच्छुक उम्मेद्वारले १५ दिनभित्र दरखास्त दिन प्रतिष्ठानले आग्रह गरेको छ ।

डिनको तलब त्रिभुवन विश्वविद्यालयको संकाय डिनको सरह हुने र अध्यापन गरेवापत तलबको बढीमा २५ प्रतिशत सम्म थप पारिश्रमिक पाउन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement