सिरियामा तैनाथ नेपाली शान्ति सेनाको अदलीबदली


काठमाण्डु – युएन मिसनअन्तर्गत सिरियामा तैनाथ नेपाली शान्ति सेनाको अदलीबदली भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको टोली शुक्रबार बिहान ९ बजे काठमाण्डुबाट प्रस्थान गरेको छ ।

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement