बाराको करैयामाई गाउँपालिकामा सेनाकाे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


काठमाण्डु – नेपाली सेनाले बारा जिल्लाको करैयामाई गाउँपालिका–७ स्थित जनता माविको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सेनाले नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले २६ गते २८ बाहिनी अड्डा र २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं. २ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं चन्दननाथ गणको संयोजकत्वमा १ दिने निःशुल्क जनरल इएम तथा डेन्टल स्वास्थ्य शिविर संचालन गरेको हो ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई निःशुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला–१९५, पुरुष–१३१ र बालबालिका ७६ जना गरि जम्मा ४१० जना सर्वसाधारणहरु लाभान्वित भएका छन् ।

सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement