भारतीय सेनाद्धारा नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण


काठमाण्डु – भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहबीच भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मालाई विभिन्न सैन्य सामग्रीका साथ स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

उनले आजै प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन् । भेटमा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

त्यसअघि आजै बिहान सेना प्रमुख पाण्डेको सम्मानमा जङ्गी अड्डामा आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको थियो ।

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए।

पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच आजै नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । पाँच दिने भ्रमणका लागि पाण्डे आइतबार नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement