नेपाली सेना र प्रहरीले बनाए मनाङको घट्टेखोलामा काठे पुल (तस्वीरसहित)


काठमाण्डु – नेपाली सेनाले मनाङको घट्टेखोलामा अस्थायी काठेपुल निर्माण गरेको छ ।

केहि दिनदेखिको अविरल वर्षापछि आएको बाढीले चामे गाउँपालिका–३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा पुल बगाएपछि सो ठाउँमा काठको पुल बनाइएकाे हो ।

नेपाली सेनाले नेपाल प्रहरीको सहकार्यमा अस्थायी काठेपुल निर्माण गरेको जानकारी दिएको छ । पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवत/जावत गर्न सहज भएको सेनाले जनाएको छ ।

असार पहिलो साता बाढीले मनाङका विभिन्न भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको थियो । यसअघि पनि सेनाले चामे गाउँपालिका–४ स्थित स्याकु खोलामा दुई वटा पुल निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement