सैनिक नियमावली संशोधन, सिपाहीले अब १६ वर्षमै पेन्सन पाउने


काठमाण्डु – नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गरेको छ ।

नेपाली सेनाले नियमावली तेस्रोपटक संशोधन गर्दै सेनाको फलोअर्स र सिपाहीले सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन पाउने नियम लागू गरेको हो ।

०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाइएको नयाँ नियमावलीमा उल्लेख छ ।

नेपाली सेनाका सिपाहीको पेन्सन अवधि बीचमा १६ वर्ष भए पनि पछि संशोधन गरेर २० वर्ष बनाइएको थियो । पेन्सन अवधि बढाइएपछि लामो समयदेखि सिपाहीहरूले गुनासो गर्दै आएका थिए ।

सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ । नियमावलीअनुसार, अब सेहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्षमा हुनेछ ।

सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ । नियमावली संशोधनसँगै तल्लो तहमा जागिर खाने सेनालाई राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement