हेलिकोप्टरबाट झरेका सेनाका ६ प्याराट्रुपरलाई हावाले हुत्याएपछि…


काठमाण्डु – सैनिक दिवसका लागि रिहर्सल गरिरहेका नेपाली सेनाका प्याराट्रुपर सेनाको क्षेत्रभन्दा बाहिर ल्याण्ड भएको छ ।

मंगलबार बिहान शिवरात्रीका लागि प्याराजम्पको अभ्यास गरिरहेका १४ जनामध्ये ६ जना प्याराट्रुपर टुँडिखेलभन्दा बाहिर पुगेका हुन् ।

रिहर्सल गरिरहेका उनीहरु सेनाको क्षेत्रभन्दा बाहिर पुगेको भएपनि कसैलाई क्षति नभएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

टुडिखेलमा उत्रनका लागि हेलिकोप्टरबाट झेरका उनीहरु चर्को हावाका कारण तोकिएको ठाउँमा नझरी अन्यत्रै पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement