अब नेपाली सेना र प्रहरीलाई छुट्टै विश्वविद्यालय

अब नेपाली सेना र प्रहरीलाई छुट्टै विश्वविद्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आगामी तीन वर्षभित्र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा आउने भएको छ। उचित राष्ट्रिय सुरक्षा नीति र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमता वृद्धि गर्न सरकारले विश्वविद्यालय सञ्चालन गर्न लागेको हो।

राष्ट्रिय रणनीति र सुरक्षा विषयमा अध्ययन गर्न नेपाली सेना तथा प्रहरीका उच्च अधिकारी विदेश जानुपर्ने बाध्यता छ। विश्वविद्यालय स्थापनापछि सुरक्षा मामिला अध्ययन नेपालमै गर्न पाइने प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।

विश्वविद्यालय स्थापनापछि विदेशबाट पनि नेपालमा अध्ययन गर्न आउने विश्वास सेनाको छ। विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति, रक्षामन्त्री सहकुलपति र प्रधानसेनापति उपकुलपति रहने प्रस्ताव छ। सेनाकै आग्रहमा रक्षामन्त्रालयअन्तर्गत रहनेगरी विश्वविद्यालय स्थापना गर्न लागिएको हो।

अमेरिका, बेलायत, चीन, सिंगापुर, पाकिस्तान, बंगलादेश, चीन सिंगापुर, पाकिस्तान, बंगलादेश र मलेसियालगायत मुलुकमा प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।