कांग्रेस महाधिवेशनः मतदाता ६ बजेदेखि लाइनमा, उम्मेदवार भोट माग्न व्यस्त (फोटोफिचर)


काठमाण्डु – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् ।

मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् ।

भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन् । मतदाताहरु बिहान छ बजेदेखि लाइनमा बसेका छन् । तर, पनि अझै मतदान सुरु हुन सकेको छैन् ।

सिन्धुलीबाट आएकी एक मतदाताले भनिन्, ‘हामीलाई ६ बजेदेखि लाइनमा आउन भन्यो । तर, ११ बजिसक्दासमेत सुरु भएको छैन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement