काठमाण्डु सत्तारूढ नेपाली कांग्रेसले पनि गणतन्त्रका पक्षमा सभा गर्ने भएको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गणतन्त्रको पक्षमा सभा गर्ने निर्णय भए पनि कुन मिति र स्थानमा गर्ने भन्ने तय भइसकेको छैन ।
‘गणतन्त्रका पक्षमा सभा गर्ने भन्ने भएको छ । तर, मिति र स्थान तोकिसकेको छैन,’ बैठकमा सहभागी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले भने ।
गणतन्त्रविरुद्ध राजावादीको आन्दोलन जारी रहँदा एमालेले गणतन्त्र दिवसकै दिन जेठ १५ गते झाँकीसहितको र्याली गरेको थियो । त्यसअघि गत चैत १५ गते नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंमा कार्यक्रम गरेको थियो ।
सत्ता साझेदार प्रमुख दल कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो।
प्रतिक्रिया