काठमाण्डु – नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ ।
पार्टीको लेटरप्याडको दुरुपयोग गरेको आरोपमा खड्कालाई केन्द्रीय अनुशासन समितिले सात दिने स्पष्टीकरण सोधेको थियो ।
तर, खड्काले सर्वोच्चको फैसला स्वीकार्ने बताएपछि सोधिएको स्पष्टीकरण फिर्ता लिन लागिएको हो । खडकालाई सोधिएको स्पष्टीकरण फिर्ता लिनेबारे अनुशासन समिति बैठक सोमबार नै बस्दैछ ।
पार्टीले स्पष्टीकरण सोधेपछि खड्काले अवैध कार्यसमितिले सोधेको स्पष्टीकरण निरर्थक र हास्यास्पद भएको टिप्पणी गरेका थिए ।




प्रतिक्रिया