खड्काको नेतृत्वमा कांग्रेस इतर समूहको बैठक बस्दै

खड्काको नेतृत्वमा कांग्रेस इतर समूहको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले शुक्रबार इतर समूहको बैठक बोलाएका छन् । निवर्तमान कार्यवाहक सभापति समेत रहेका खड्काले दिउँसो २ बजे गल्फुटारस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे छलफल हुने बताइएको छ । यसअघि इतर पक्षले सात वटै प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको छ ।

खड्का निवासको बैठकमा खड्कासहित नेताहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक लगायत उपस्थित हुनेछन् ।

यसअघि बिहीबार नेता निधिको निवासमा निधि, डा.कोइराला र सिंहबीच छलफल भएको थियो ।