धनकुटाका १९ जनाले छोडे कांग्रेस (नामसहित)

धनकुटाका १९ जनाले छोडे कांग्रेस (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धनकुटा कांग्रेसका १९ जनाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

सभापति गगनकुमार थापालाई पत्र लेखेर उनीहरू पार्टी छोडेको घोषणा गरेका हुन् ।

दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईसहितले लेखेको पत्रमा पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको र पछिल्लो समयका वैचारिक मतभेदका कारण पार्टी छोड्नुपरेको उल्लेख गरेका छन् ।

कांग्रेसबाट अलग हुनेहरूमा क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बू, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बू, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बू, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बा छन् ।

उनीहरूले तत्काल कुन राजनीतिक दलमा आबद्ध हुने भन्नेबारे सार्वजनिक गरेका छैनन् । धनकुटाका उनीहरू हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुन सक्ने चर्चा छ ।