काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ आइतबार सकिँदै छ ।
शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको भेला शनिबारदेखि सम्मेलनका रूपमा अघि बढाइएको हो ।
सुरुमा राष्ट्रिय भेला बोलाइए पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति भएको दाबीसहित भेलालाई सम्मेलनमा परिणत गरिएको थियो ।
भेलाले नीतिगत विषयहरू पारित गर्न नसक्ने भएकाले सम्मेलनको रूपमा परिणत गरिएको प्रचारप्रसार उपसमिति प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
सम्मेलनको अन्तिम दिन आइतबार पूर्वउपसभापति निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन, प्रकाशशरण महतको आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव र रमेश लेखकको विधान संशोधनसम्बन्धी प्रस्तावमा समूहगत छलफल बाँकी भएका सक्ने र समूहका तर्फबाट सुझाव पेस हुनेछ ।
सुझाव आएपछि सम्मेलनको घोषणापत्र सार्वजनिक हुनेछ, र सम्मेलन समापन हुनेछ ।




प्रतिक्रिया