गृहमन्त्रीलाई डिलाको प्रश्नः सीमाका विषयमा बोल्दा भारत चिडिन्छ भनेर चुपचाप लाग्ने ?


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले भारतीय सिमा दार्चुलामा नेपाली बाटो बनाएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद डा. डिला संग्रौला पन्तले भारत रिसाउँछ भनेर सरकारले जवाफ नदिने भन्दै प्रश्न गरेकी छन् ।

उनले सरकारले भारतले नेपालमाथि हेपाहा प्रवृति देखाएको भन्दै आफ्नो भूमि फिर्ता गर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता गर्न सुझाव दिएकी छन् ।

‘हाम्रो भूमि फिर्ता ल्याउन पछि हट्न हुँदैन । प्रतिपक्ष र जनता साथमा छ,’ उनले भनिन् ।

भारतले दार्चुलामा नेपाली भूमिबाट बाटो बनाएर चीनको तिब्बत जोड्ने सडक उद्घाटन गरेको विषयमा सांसद संग्रौलाले गृहमन्त्री रामबहादुर थापाल बादललाई नेपाली भूमि फिर्ता ल्याउने विषयमा सरकारलाई जनता र प्रतिपक्षीको बलियो साथ र सहयोग रहेको भन्दै उनले ‘भारत चिडिन्छ भनेर चुपचाप लाग्ने, प्रतिक्रिया नदिने ?’ भन्दै प्रश्न गरेकी हुन् ।

‘सडक निर्माण भयो । यो तत्काल निर्माण भएको होइन, सरकार कहाँ छ ?,’ सांसद संग्रौलाले प्रश्न गर्दै भनिन्, ‘भारत चिडिन्छ भनेर चुपचाप लाग्ने, प्रतिक्रिया नदिने ?’

प्रतिक्रिया दिनुहोस
Advertisement