कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलायो


काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जेठ १७ गते दिउँसो १ बजे बैठक आह्वान गरिएको जानकारी दिए ।

बैठकले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे धारणा बनाउनले उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमिति बैठकमा निर्णय गराउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement