सरकारका मन्त्री र मुख्यमन्त्रीलाई कांग्रेसले सहायक प्रवक्ता नियुक्त गरेको छैनः प्रवक्ता शर्मा


काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको निर्णयबारे बोल्ने अधिकार अन्य पार्टीलाई नभएको बताएका छन ।

प्रवक्ता शर्माले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे कांग्रेसले धारणा बनाउने बताउँदै जथाभावी नबोल्न मन्त्री र मुख्यमन्त्रीलाई चेतावनी दिएका छन् । ।

‘कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न सहायक प्रवक्ता नियुक्त गरिएको छैन । न भारतीय मिडियालाई मुखपत्रको दायीत्व दिइएको छ’, उनले भनेका छन् ।

हिजो प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेल र एक जना मन्त्रीले कांग्रेसका कारण संविधान संशोधन प्रस्ताव सदनको कार्यसूचीबाट फिर्ता लिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement