काँग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना नेता पार्टीबाट निष्काशित


काठमाण्डु – नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ ।

जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्ट पार्टीबाट निष्काशित भएका हुन् ।

शनिबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement