नेकपाको चुनावी घोषणापत्रमाथि कांग्रेसको चिन्ता !


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी घोषणापत्रबारे चिन्ता व्यक्त गरेको छ ।

सरकारले कोरोना संक्रमित नागरिकको उपचार आफैं गर्नुभन्ने भनाईप्रति लक्षित गर्दै कांग्रेसले नेकपाले संविधान, सर्वोच्च अदालतको आदेश र चुनावी घोषणापत्र बिर्सिएको बताएको छ ।

कांग्रेसले भनेको छ, ‘संघीय संसदले २०७५ भदौ ३१ गते आधारित जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४ (३) मा सरुवा रोगको निःशुल्क उपचार गर्ने व्यवस्था भएको छ । सर्वोच्च अदालतबाट हालै भएको परमादेशमा आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक भन्दै उपचार राज्यको दायित्व हुने भनी निर्णय गरेको र तत्कालीन वाम गठबन्धन (नेकपा एमाले र माओवादी)का चुनावी घोषणापत्रको बुँदा नम्बर ९ मासमेत सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लेखिएको यहाँ स्मरण गर्न आवश्यक छ ।’

कांग्रेस केन्द्रीय संगठन विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई कोरोना, उपचारबारे पटकपटक सुझाव दिँदै आएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले वेवास्ता गरेको बताएको छ ।

विभागिय प्रमुख गोपालमान श्रेष्ठले कोरोना भाइरस संक्रमण सुरु भएको ९ महिना भए पनि सरकारले नियन्त्रणमा कुनै चासो नदिएको, क्वारेन्टाइन, पिसिआर परीक्षणमा असफल र नागरिकको उपचारमा असक्षमता प्रस्तुत गरेको बताएका छन् ।

उनले नेपालको संविधान, सर्वोच्च अदालतको परमादेश, जनस्वास्थ्य सेवा ऐन, न र जनताको बोलीलाई सरकारले तुरुन्त मनन गरी आफ्नो निर्णय सचयाउन माग ग।रेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement