सरकारको २१ महिनाः कांग्रेसले २१ असफलता सार्वजनिक गर्ने


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिनाको २१ असफलता सार्वजनिक गर्ने भएको छ ।

मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेसले अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको आरोप लगाउँदै आएको छ । असफल सरकारको जनतामाझ भण्डाफोर गर्ने यस्तो कार्यक्रम ल्याएको प्रवक्ता शर्माले बताए ।

यही मंसिर १४ गते उप निर्वाचन हुँदैछ । वर्तमान सरकारको कमजोरी औंल्याउँदै उपनिर्वाचनको माहोललाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ कांग्रेसले भण्डाफोर कार्यक्रम गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement