कांग्रेसका दोलखा जिल्ला सभापति जुवाखालबाट पक्राउ


काठमाण्डु – नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । बिहीबार राती महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले राजधानीको नयाँ बस्तीबाट लामासहित १८ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार लामासहितका १८ जना जुवाडेबाट ६ लाख १८ हजार रुपैयाँ नगद पनि बरामद भएको छ ।

बौद्ध वृत्तको हिरासत भरिएपछि लामासहितका जुवाडेलाई प्रहरीले गोकर्णस्थित प्रहरी चौकीको हिरासतमा राखेको छ । लामा यही असोज १९ गते दोलखा कांग्रेस सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement