एसिया कप क्रिकेटः सिंगापुर १ सय ५१ रनमै सीमित


काठमाडाैं– एसिया कप छनोट अन्तर्गत मलेसियामा जारी चौथो खेलमा नेपालले सिंगापुरलाई १ सय ५१ रनमा समेटेको छ। युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेल सकिन ८ ओभर बाँकी रहँदा मलेसिया १ रनमै ५१ रनमै समेटिएको हो।

टस जितेर नेपाललाई बलि बलिङको निम्तो दिएको सिंगापुरले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन । नेपालका लागि स्पिनर सन्दिप लामिछाने र ललित राजवंशिले समान ३ विकेट लिए । सोमपाल कामीले २ विकेट लिए भने वसन्त रेग्मीले १ विकेट लिए ।

सिंगापुरका लागि चेतन सुर्यवंशीले १ छक्का र ८ चौकाका मद्दतले सर्वाधिक ६० रज जोडे । अनिस परामले ३१ र कार्तियकाम सुभ्रमन्यमले २० रन जोडेनु बाहेक अरूले दोहोरो अंक समेत जोड्न सकेनन् ।

जावाफि ब्याटिङ थालेको नेपालले राम्रो शुरूवात गरेको छ । ७ ओभरको खेल सकिँदा नेपालले बिना क्षति ३४ रन जोडेको छ । ओपनर अनिल शाह २३ र सुभास खकुरेल ८ रन बनाएर क्रिजमा छन् । आज सिंगापुरलाई फराकिलो अन्तरमा हराउँदै नेपाल उत्कृष्ट २ भित्र पर्दै फाइनलको यात्रा तय गर्ने तयारीमा छ । एसिया कप छनोटको आशा जिवितै राख्न आज नेपालले सिंगापुरलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement