एसीसी यू-१९ प्रिमियर कपकाे उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्कियो


काठमाण्डु – एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ ।

मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली बिहीबार बिहान स्वदेश फर्केका हुन् ।

यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।

मलेसियामा भएको फाइनल खेलमा नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई डकवर्थ लेविस पद्धतिअनुसार १९ रनले हराउँदै उपाधि जितेको थियो ।

नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन् । प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement