नेपाली क्रिकेट टोली स्वदेश फर्कियो


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर मंगलबार स्वदेश फर्केको छ । कप्तान ज्ञानेन्द्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली आज बिहान ७ः२५ बजे काठमाण्डु आइपुगेको हो ।

मुख्य प्रशिक्षक डेभ वाटमोर भने स्वदेश फर्किएनन् । ओमान पुगेपछि वाटमोरले यही टुर नेपाली टिमसँग आफ्नो अन्तिम रहेको र सिरिज सकिएपछि लागू हुनेगरि पदबाट राजीनामा दिएका थिए । ओमान भ्रमणमा नेपाले लिग २ को सिरिजमा चार र त्यसअघि पपुवा न्यु गिनीविरुद्ध दुई गरी कुल ६ खेल खेलेको थियो । जसमा नेपालले चार खेल जित्दा दुई खेलमा पराजित भएको थियो ।  

पहिलो पटक पपुवा न्यु गिनीविरुद्ध ओडिआई सिरिज खेलेको नेपालले दुवै खेल जितेको थियो । त्यसपछि नेपालले लिग दुईमा अमेरिका र ओमानविरुद्ध एक-एक खेल जित्यो । दुवै टिमसँग नेपालले एक-एक खेलमा भने पराजित भयो। नेपाली टिमले अब विश्वकप लिग २ मा अर्को सिरिज २०२२ फेब्रुअरीमा खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement