नेपाली फिल्ममा ‘भिलेन’ बन्दै बलिउड सुपरस्टार सुनील शेट्टी


काठमाण्डु – बलिउड सुपरस्टार सुनील शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टले घोषणा गरेको ‘एक्स ९–लेभल १’ नामक फिल्ममा सुपरस्टार शेट्टीले भिलेनको रोलमा अभिनय गर्ने भएका हुन् ।

करीब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको निर्देशक भट्टले बताए । उनले सम्भवतः चाँडै कागजी सम्झौता हुने बताए । यो नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म हुने उनको दाबी छ ।

‘एक्स ९’ मा नायकको अफर अभिनेता अनमोल केसीलाई गरिएको छ । अनमोल फिल्म गर्न तयार रहेको र अहिले वर्कआउट गरिरहेको निर्देशक भट्टले जानकारी दिए । त्यस्तै, फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ ।

तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् । उनी यसअघि पनि घुमघामका लागि नेपाल आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement