नेपाली फुटबल टाेली घर फर्किए


काठमाडौँ – बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुबटलमा सहभागी भएर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । समूह चरणमा दुई खेलमा जित निकालेर समूह विजेता बनेको नेपाली टोली बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएकाे थियाे ।

माल्दिभ्ससँग हार सँगै नेपालकाे साप चेम्पियन बन्ने सपना अधुराे भएकाे थियाे । टाेलीलाइ फाइनलमा पुगेर इतिहास बनाउने सपना पनि टुटायो । समूह चरणमा राम्रो गरेको नेपाली टोलीले सेमिफाइनलमा खराब हारे बेहोर्दै निराश बनेर घर फर्किएको हो ।

 माल्दिभ्ससँगको सेमिफाइनलमा गरेको कमजोर प्रदर्शनका कारण साफको फाइनल पुग्ने सपना नेपाली सपना यो पटक पनि पूरा गर्न सकेन । खराब माैसम र हिले मैदानका कारण पनि नेपाली टाेलीले माल्दिभ्स विरूद्ध गाेल गर्न असफल भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement