इतिहास रच्दै अंशु बनिन् बेलायती सेनाको पहिलो नेपाली महिला क्याप्टेन


काठमाण्डु – नेपालकी एक चेली बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएकी छन् । कास्की जिल्ला पोखरा, लेखनाथ महानगरपालिका –२२ भुम्दी निवासी डेन्टिस्ट डा.अंशु गुरुङ बेलायती सेनामा पहिलो नेपाली महिला क्याप्टेन बन्न सफल भएकी हुन् ।

बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट अध्यन सकेर रोयल मिलिटरी एकेडेमी कलेज क्यामबर्लीमा लामो तालिम सम्पन्न गर्दै उनी पहिलो पटक व्रिटिश सैनिक क्याप्टेन बनेकी हुन् ।

ब्रिटिश सैनिकको एक प्रमुख तालिम केन्द्र स्याण्डहर्स्टमा उनले गत शनिवार क्याप्टेन पदको फुलीसमेत लगाइसकेकी छन् । दन्त चिकित्सक (डेन्टिस्ट ) अध्ययन गर्नुअघि इन्जिनीयरीङ्ग समेत अध्ययन गरेकी अंशुको पोष्टिङ नर्दन आइरल्याण्डको लिज्बन ब्यारेकमा हुने भएको छ ।

बेलायतको फार्नबरोमा बस्दै आएका अंशुका पिता अमर गुरुङ पनि व्रिटिश आर्मी नै हुन् । यसैबीच भुम्दिकोट समाज यूकेले एक विज्ञप्ती जारी गर्दै अंशुको सफलताप्रति बधाई ज्ञापन गरेको छ ।

उनका पिता अमर गुरुङ भुम्दिकोट समाज यूकेका सदस्य तथा आमा सुकु गुरुङ आमा समुहको अध्यक्ष हुन् । २ सय बर्ष देखिको बेलायत र नेपालबीचको सम्बन्धमा गोर्खा सैनिकले छुट्टै र विशिष्ट पहिचान कायम गर्न सफल भएकोे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement