काठमाण्डु – परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।
यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको थियो ।
प्रतिक्रिया