रक्षामन्त्री पोखरेल जंगी अड्डामा, प्रधानसेनापतिको यस्तो बिफ्रिङ


काठमाडौँ–रक्षामन्त्री ईश्वर पाखरेलले राष्ट्रिय गौरवको आयोजना समयसिमा भित्र नै सम्पन्न हुने बताएका छन् । नेपाली सेनाद्वारा जंगी अड्डामा आयोजित सेना परिचयात्मक कार्याक्रममा बोल्दै पोखरेलले समयसिमा भित्र नै सम्पन्न हुने बताएका हुन् ।

सर्वत्र, चासो र चिन्ताको विषय रहेको राष्ट्रिय गौरवको काठमाण्डौं–तराई/मधेश दु्रतमार्ग आयोजना रक्षा मन्त्रालय लगायत सरोकारवाला निकायहरुको सद्भाव सदाझै प्राप्त भएमा समय सिमाभित्र पुरा हुने उनले बताएका हुन् ।

नेपाली सेना संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तराष्ट्रिय शान्ति स्थापना कार्यमा सहभागी भएबाट सेनाले देशका लागि ठूलो एवं विश्वसनिय योगदान पुर्याएको समेत उनले बताए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले नव नियुक्त रक्षामन्त्रीलाई नेपाली सेनाको तर्फबाट हार्दिक स्वागत गदै मन्त्रीको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं सांगठनिक सुधार र पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका क्रममा रक्षामन्त्रीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरु, नेपाली सेनाको सांगठनिक संरचना, कल्याणकारी कार्यक्रमहरु तथा अपरेशनल एवं अन्य विविध गतिविधिबारे प्रस्तुतिकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement