‘एकीकरण मार्ग’ मा नेपाली सेनाको पदयात्रा आइतबार काठमाण्डु पुग्ने


काठमाण्डु –  गोरखा दरबारबाट शुरु भएको गोरखा-काठमाण्डु एकिकरण मार्ग पदयात्रा आइतबार काठमाण्डु पुग्ने भएकाे छ । तारकेश्वर नगरपालिका,पुरानो गुह्‍यश्वरी मन्दिर ,बालाजु बाइपास ,सोह्रखुट्टे ,पकनाजोल ,नरदेवी हुँदै ५ बजे हनुमानढोका दरबार पुग्ने भएकाे हाे ।

गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ४० जनासहितको टोली मंगलबार बिहान पदयात्रामा निस्किएकाे थियाे। नुवाकोटस्थित इलाकामा, श्री जबरजंग गणले श्री शम्शेरदल गणलाई गोरखा दरबार देखि ल्याइएको राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै नेपाली सेनाको प्रथम ५ वटा युनिटहरुको झण्डा हस्तान्तरण गर्ने योजना समेत रहेको छ ।

ककनी इलाकामा हस्तान्तरण कार्यक्रम पश्चात पदयात्रा टोली ककनी – पाँचमाने हुँदै ९ बजे तीनपिप्ले आइपुगे पश्चात स्थानीय निकाय एवं स्थानीयवासीहरुद्धारा पंचेबाजा एवं झांकी सहित स्वागत गर्ने कार्यक्रम रहेको छ

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधी, गुठी, क्लबहरु, सर्वसाधारण लगायतको स्वागत पश्चात श्री शम्शेरदल गणले हनुमानढोकामा तैनाथ श्री शार्दुलजंङ्ग गुल्मलाई भव्य कार्यक्रम आयोजना गरि सैनिक ड्रिलको प्रदर्शनसहित राष्ट्रिय झण्डा, टर्च तथा प्रथम ५ वटा युनिटहरुको झण्डाहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement