नेपाली सेनाले गर्‍यो जामाचोमा हराएका १३ वर्षीय बालकको उद्धार

नेपाली सेनाले गर्‍यो जामाचोमा हराएका १३ वर्षीय बालकको उद्धार


काठमाण्डु– नेपाली सेनाले नागार्जुन डाँडा (जामाचो)मा हराइरहेका १३ वर्षीय बालकको उद्धार गरेको छ ।

परिवारसहित शनिबार जामाचो हाइकिङबाट फर्कने क्रममा हराएका गोंगबुका ती बालकलाई भैरवीदल गण, नागार्जुनबाट खटिएको टोलीले भिरबाट ६ सय मिटर तल घाइते अवस्थामा फेला पारेको हो ।

उद्धारपछि बालकलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाउन सहयोग गरेको छ ।