काठमाण्डु– नेपाली सेनामा पदोन्नति भएका ४ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
भदौ ३१ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सोबेन्द्र सिंह महत र सहायक रथी प्रकाश थापालाई प्रधानसेनापति अशोक राज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
यस्तै, प्रधानसेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मदन जङ्ग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरे।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।




प्रतिक्रिया