नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि ल्यान्ड फोर्सेस टक हुंदै


काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच सोमबार (आज)बाट तीनदिने छलफल सुरु हुने भएको छ। हरेक बर्ष हुदैँ आएको सो संयुक्त बैठक याे पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो ।

सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस किसिमको कार्यक्रम प्रत्येक वर्ष एकअर्को मुलुकमा आलोपालो आयोजना हुने गरेको छ। गत वर्ष यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको हवाईमा भएको थियो।

यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित सम्पूर्ण निकायहरूसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको यसपटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव/उपसचिवहरूका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरू समेटिएको १४ सदस्यीय टोली सहभागी हुनेछ।

नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन भने अमेरिकी सेनाकाे नेतृत्व प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन । क्रिस्टोफरकाे कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement