नेपाली सेनालाई पद्धति र प्रणालीमा स्थापित गछौं :प्रधानसेनापति थापा


काठमाण्डु – प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनाले गर्नैपर्ने,गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउने बताएका छन् । बुधबारबाट सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठकलाई शुक्रबार जंगी अड्डामा समापन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

प्रधानसेनापति थापाले यस सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्याउने र भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताएका हुन् ।

नीति,नियम र निर्देशिकामा आधारित कार्यप्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारितको रुपमा स्थापित गर्ने भन्दै उनले सबैलाई बैठकमा उठेका विविध आन्तरिक सुदृढीकरणका विषयहरुको प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिएका थिए ।

नियमित रुपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषय वस्तुहरुमाथी भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमुल्य राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement