नेपाली सेना र सिटिभिटिबीच समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं – नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिभिटि) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

डिप्लोमा इन मेकानिकल र अटोमोबाइल इन्जिनियरिङमा ४८–४८ कोटा सञ्चालन गर्नका लागि आज नेपाली सेनाको तर्फबाट विद्युत तथा यान्त्रिक निर्देशनालयका प्राविधिक सहायक रथी भोलानाथ बुढोथोकी र सिटिभिटिको तर्फबाट सदस्य सचिव पुष्प रमण वाग्लेले उक्त समझदारी पवत्रमा हस्ताक्षर गरे ।

प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन–२०७५ को लक्ष्य ५ मा उल्लेख भएबमोजिम नेपाली सेनामा कार्यरत प्राविधिक तथा ट्रेडतर्फको दक्ष जनशक्तिको कार्य क्षमता वृद्धि गर्ने उदेश्य अनुरुप प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त भए पश्चात उक्त शैक्षि कार्यक्रम भक्तपुर खरिपाटीस्थित नेपाली सेनाको विद्युत तथा यान्त्रिक शिक्षालयमा सञ्चालन गरिनेछ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भक्तपुरमा आयोजित उक्त साझेदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, व्यवसायिक परिषदका सदस्य सचिव तथा अन्य पदाधिकारीहरु लगायर सचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

नेपाली सेनामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शैक्षिक कार्यक्रमले मध्यमस्तरको दक्ष प्राविधिक जनशक्तिको उत्पादन भई नेपाली सेना तथा समग्र राष्ट्रकको प्राविधिक जनशक्तिको आवश्यकता पूर्ति हुनुको साथै नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणामा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement