कोरोना फैलिएपछि झापामा सेना परिचालन


काठमाण्डु –  कोरोनाभाइरसको सङ्क्रमण विरुद्ध सचेतना फैलाउन झापाका पाँच पालीकामा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

मेचीनगर, भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ति सुरु गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए ।

भारतसंग सिमा जोडिएका स्थानीय तह भएकाले शशस्त्र प्रहरीको संख्याकम भएकाले थप सहायताका लागि सिमा क्षेत्रबाट ५ किलोमिटर यता नेपाली सेनाले गस्ति सुरु गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने, ‘ अनाधिकृत मानिस प्रवेशमा रोक लगाउने देखि कोरानाको कहरका समयमा आवश्यक सुरक्षाका लागि जनतालाई सचेतना जनाउने जस्तै माक्सको प्रयोग लगाएत सामाजिक दुरीको नियमन गर्ने हो ।’ उनले नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणको टोली परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement