एक वर्षमा सैनिक जवानदेखि उच्च अधिकृतसहित ११ सय कारबाहीमा


काठमाडौं – पछिल्लो समय नेपाली सेनाले पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरेको एक वर्षमा सैनिक जवानदेखि उच्च अधिकृतसहित एक हजार ११७ जनालाई कारबाही गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक आचरणविपरीतका काम कारबाहीमा संलग्न रहेको अभियोगमा विभिन्न कसुरमा संलग्नमध्ये २१६ जना सैनिकलाई कैद सजाय र १७५ जनाको बढुवा रोक्का गरिएको छ ।

४९ जनालाई एक तह घटुवा, १०१ जनाको तलब वृद्धि रोक्का, २०७ जनालाई राजस्व जरिवाना, छ जनाको सेवा अवधि गणना नहुने, ४७ जनालाई नसिहत, ३०४ जना बर्खास्त र २३६ जनालाई सचेत गराइएको सेनाले जनाएको छ ।

जाँडरक्सी खाई होहल्ला, झैझगडा गर्ने, लागूपदार्थ सेवन तथा बेचबिखन, जबरजस्तीकरणी, यौन दुराचार, साइबर अपराध, सवारी ज्यान मुद्दा र दुर्लभ वन्यजन्तुको ओखटेपहार बेचबिखनमा संलग्न सैनिक कर्मचारीलाई कारबाही गरिएको सेनाले जनाएको छ । करिब ९५ हजार जनशक्ति रहेको सेनाभित्र एक वर्षमा यतिको कारबाही सङ्ख्या हुनु विगतको भन्दा धेरै हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement