नेपाली सेनाले निर्माण गरेको रेञ्जर बटालियन खारेज गर्न माग


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देव गुरुङले द्वन्द्वकालीन अवस्थामा नेपाली सेनाले निर्माण गरेको संरचना खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले विगतकालमा नेपाल सरकारले अमेरिकी सहयोगमा नेपाली सेनाभित्र अप्रेसनका लागि भनेर विशेष संरचना (रेञ्जर बटालियन) बनाएपनि हाल शान्ति प्रकृया सुरु भइसकेको र मुलुक एउटा प्रकृयामा अगाडि बढिसकेको अवस्थामा सेनाभित्र उक्त संरचना आवाश्यक नभएको भन्दै खारेज गर्न माग गरेका हुन् ।

‘यो अवस्थामा द्वन्द्वकालीन संरचना कायम राखिनु हुँदैन । रेन्जर बटालियन खारेज गरेर नर्मल प्रकृयाअन्तर्गत सामान्य संरचना बनाउनुपर्छ’ उनले भने, ‘त्यहाँभित्र बटालियन बनाउदै रेजिमेन्ट बनाउने प्रकृयामा अगाडि बढिरहेकोले त्यसलाई अविलम्ब रोक्नुपर्छ, सामान्य संरचनामा झार्नुपर्छ, अन्यथा राष्ट्रियताका निम्ति खतरा, जोखिम र प्रतिकुलता बन्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement