नेपाली सेनाले निमार्ण गरेको शौचालय पञ्चदेवल माविलाई हस्तान्तरण


कालिकोट – कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका- २ मा रहेको पञ्चदेवल मावि मान्ममा नेपाली सेनाले निमार्ण गरेको २ कोठे छात्र र छात्रामैत्री शौचालय एक कार्यक्रमका बीच नेपाली सेनाले विद्यालयलाई हस्तान्त्रण गरेको छ ।

विद्यालयमा अध्ययनरत छात्र र छात्रालाई सहजताका लागि नेपाली सेनाको वार्षिक कार्यक्रममा अनुसार विद्यालयमा शौचालय निमार्ण गरिएको सेनाले जनाएको छ।२४ नम्बर बाहिनी पति सहायक रति दिपककुमार बानियाँले नेपाली सेनाको सामाजिक कार्यमा आएको रकमबाट उक्त शौचालय निमार्ण गरिएको बताए।

उनले नेपाली सेनाको पसिनामै मोति देख्ने नाराका साथ सानो सहयोगबाट पछिसम्म लाभ लिने हुनाले मान्मको एक विद्यालयमा शौचालय निमार्ण गरेको बताए। उनले भने,’ विद्यालयको सहकार्यमा २ कोठे शौचालयको निमार्ण गरिएको छ। कर्णाली प्रदेशमा पूर्वाधारको कमी नभएको तर पूर्वाधारको संरक्षण समस्या रहेको बताउँदै शौचालयको संरक्षण गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे।

शौचालयको चापी बुझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले विद्यालयमा छात्रामैत्री शौचालयको समस्या भइरहेका बेला नेपाली सेनाले २ कोठे नमूना शौचालय निर्माण गरिदिएर ठूलो सहयोग गरेको बताए। कार्यक्रमा खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला प्रहरी प्रमुख विनोद शर्मा, रणशुर गुल्मका गल्मपति अमृत थापामगरलगायत विभिन्न सुरक्षा निकाएका प्रमुखको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement