नेपाली सेनाको टोलीले भेटायो २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर र दुई शव


काठमाण्डु –  नेपाली सेनाको हिमाल सफाईमा निस्केको टोलीले धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको छ ।

सन् २००६ मा दुर्घटनामा परेको 9N-ACR एयर डायनेष्टी हेलिकप्टर र दुई वटा शव धौलागिरी हिमालमा भेटिएको सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लव पौडेलले बताए। हिमाल सफाईमा निस्केको सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा माउण्टेन ईक्युपमेन्ट सहितका  शव भेटाएको थियाे ।

मृतकहरुको पहिचान नखुलेकोले यस सम्बन्धमा थप छानविन भइरहेको छ।साथै, उक्त शव व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वयको प्रक्रिया समेत शुरु गरिएको सैनिक प्रवक्ता पौडेलले बताए ।

सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासीहरुसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement